सुदूर नेपाललाई विश्वसँग जोड्दै

एभरेष्ट एकेडेमीमा एसईई आइडलको २१ औं अडिसन सम्पन्न

२०८० पुष २६, ०९:५१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडलको २१ औं अडिसन आज अत्तरियामा सम्पन्न भएको छ। अत्तरियामा रहेको एभरेष्ट एकेडेमीमा प्रदेश युवा परिषद एसईई आइडलको अडिसन सम्पन्न भएको हो।

अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका निशुल्क रुपमा वितरण गरिएको थियो। एसईई आइडल ३ का सुदुरपश्चिम प्रदेशका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना हुँदैछन्। यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन्। यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन्।

असोज देखि फाल्गुण सम्म सुदुरपश्चिम प्रदेशका ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन्। जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन्। फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन्। 
 

कमेन्ट लोड गर्नुस