सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड चिनाउने ‘दृश्यमा खप्तड–२’ सार्वजनिक

२०८० पुष २०, ०८:४० खबर संवाददाता

खप्तडमा छायांकन गरिएका तीन गीत सार्वजनिक भएका छन्। परराष्ट्रमन्त्री एनपी साउदले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबाट उक्त गीतहरू सार्वजनिक गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि रहेका साउदले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि सिर्जनशील शैली अपनाएको बताए। उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्यटन प्रवर्द्धनका लागि सघाउ पुग्ने उल्लेख गरे। ‘दृश्यमा खप्तड, शृंखला– २’मा तीनवटा म्युजिक भिडियो छन्।

शिव परियार र नीता आचार्यको स्वरमा रहेको ‘जिन्दगी त सँगै जिउने हो,’ सिडीविजय अधिकारी र नीता आचार्यको स्वरमा रहेको ‘गरिदेऊ बिदा’ र सिडीविजय अधिकारी र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मन्द मन्द’ सार्वजनिक गरिएका हुन्। ‘जिन्दगी त सँगै जिउने हो’मा शब्द र संगीत दीपक शर्माको रहेको छ। यसैगरी  ‘गरिदेऊ बिदा’मा शब्द सागर बाँस्तोलाको रहेको छ भने संगीत ऋषि खड्काले गरेका छन्।

पद्म लिखामगरको शब्द रहेको ‘मन्द मन्द’मा राजकुमार बगरले संगीत भरेका छन्। तीनवटै गीतमा पुरुष मोडलका रूपमा अभिनय सनम कठायतले गरेका छन्। यसैगरी, महिला मोडलका रूपमा स्मारिका ढकाल र सोफिया धरेलले गरेका छन्। म्युजिक भिडियोको निर्देशन जनक सिंहले गरेका हुन् भने सिनेमाटोग्राफी दीपक गिरी एन्ड टिमको रहेको छ।

भिडियोको सम्पादन भने विकास दाहाल र अमृत चापागाईंले गरेका हुन्। डकुमेन्ट्री, म्युजिक भिडियो, फिल्मलगायतका माध्यमबाट सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गरिने उक्त अभियानको नेतृत्व गरिरहेका सनम कठायत र डिबी खड्काले बताएका छन्।

कमेन्ट लोड गर्नुस