सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सार्वजनिक गर्ने एक जना पक्राउ

। फोटो स्रोत ।
२०७६ वैशाख २४, ०२:२२

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा साइबर क्राइमअन्तर्गत फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं रहेको इलाका प्रहरी कार्यलय मेलम्चीले जनाएको छ। 

इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले दिएको जानकारी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विवाहबन्धनमा बाँधिएकोे फोटो बनाएर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको हो। पक्राउ परेका चौलागाईंलाई आजै महानगरीय अपराध माहाशाखामा बुझाउने निरीक्षक दर्नालले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस