सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा अन्तरजातीय विवाह गरेको भन्दै पिताले छोरीलाई जिउँदै जलाए

२०७६ वैशाख २४, १२:३६ खबर संवाददाता

भारत महाराष्ट्रको अहमदनगरको परनेर तालुकामा रहेको निक्सोज गाउँमा एक जनाले आफ्नै छोरीलाई ज्युंदै जलाएका छन्। अन्तरजातीय विवाह गरेको भन्दै रामा रामफल नाम गरेका पिताले १९ वर्षीय आफ्नै छोरी रुक्मणीलाई ज्युदै जलाएका हुन। ६ महिना पहिले रुक्मिणीले मंगेश रणसिंघेसंग प्रेम सविवाह गरेकि थिइन। 
अन्तरजातीय विवाह गरेको भन्दै रुक्मिणीका पिता, काका र मामाले मिलेर उनी र उनका पतिलाई जिउँदै जलाए। विवाहपछि पनि रुक्मिणीको माइतीपक्षका मानिसले उनीहरुको सम्बन्धको विरोध गरिरहे। यसबाट हैरान भएर रुक्मिणी र मंगेशले फेब्रुअरी महिनामा रुक्मिणीको माइती पक्षमा उजुरी पनि दर्ता गरेका थिए। रुक्मिणीका मातापिताले गएको अप्रिल ३० तारिखमा माइती बोलाएका थिए। उनलाई माइतीमा बोलाएर कुटपिट गरिएको थियो। यो घटनाबारे उनले आफ्ना श्रीमान मंगेशलाई फोन गरेर जानकारी दिएकि थिइन। अर्को दिन मंगेश आफ्नी पत्नीलाई लिन गए। त्यही समयमा उत्तर प्रदेश बस्ने रुक्मिणीका काका र मामा पनि त्यहाँ पुगेका थिए। उनीहरुले रुक्मिणी र मंगेश दुवैलाई कुटपिट गरेर डोरीले बाँधि पेट्रोल छर्केर आगो लगाए। 

घटनाबारे छिमेकीले थाहा पाएपछि उनीहरुलाई अस्पताल लगिएको थियो। रुक्मिणीको शरीर धेरै जलिसकेको हुनाले उनका मृत्यु भयो। उनका पति मंगेश रणसिंघेको उपचार भैरहेको छ, उनको अवस्था पनि गम्भीर छ।  परनेर प्रहरीले यो घटनालाई लिएर रुक्मिणीका मामा घनश्याम र काका बिल्लू पण्डित भनिने सुरेन्द्र बाबुलाललाई पक्राउ गरेको छ। घटनापछि रुक्मिणीका पिता रामा रामफल फरार भएका छन्। उनको खोजी भैरहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले पेट्रोलको बोतल तथा अन्य सामानहरु पनि बरामद गरेको छ। रुक्मिणीका देवर महेश रणसिंघेले घटनाबारे प्रहरीमा उजुरी गर्दा पनि प्रहरीले बेवास्ता गरेकोले यस्तो अवस्था भोग्नुपरेको आरोप लगाएका छन्।
 

कमेन्ट लोड गर्नुस