सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब मेरो कानमा ‘त्यसको छोरा टियुसन् पढ्ने’? भन्ने शब्द कानमा गुञ्जियो !

२०८० पुष १०, ०९:०६

धनबहादुर धामी : सायद म कक्षा आठमा अध्ययन गरिराखेको थिए। त्यतिबेला म एक साधारण विद्यार्थी थिए। जतिबेला देश शान्ति प्रक्रियामा अगाडि बढेर शिक्षा लयमा फर्किदैँ थियो। यो समय २०६४ सालको थियो। सबैतिर स्कुल बर्खे विदाका कारण बन्द थिए।

गाउँमा खासै टियुसन पढ्ने र पढाउने चलन थिएन । त्यतिबेला श्री अपीपथ मावि शेरीमा तत्कालीन समयमा निमावि तहमा अङ्ग्रेजी पढाउने राम दत्त पन्त सरले च्युरानी भन्ने ठाउँमा अङ्ग्रेजी ग्रामर टियुसन पढाउन थालेछन्। त्यो कुरा मेरा बुबाको कानमा परेछ। बुबा शिक्षाप्रति अलि चासो राख्नुहुन्थ्यो र मलाई पढाइमा राम्रो गरोस् भन्ने चाहानु हुन्थ्यो। त्यतिबेला धेरैलाई टियुसन भनेकै थाहै थिएन्। टियुसन पढेपनि हुनेखानेका र उत्कृष्ट विद्यार्थी मात्रै टियुसन पढ्थे रे त्यतिबेला । तर पनि बुबाले सोही खबर सुन्ने बितिकै उहाँ सरलाई भेटेर कुरा गरेर मलाई टियुसनमा पढाउने निधो गरेछन्।

साँझ बुबा घरमा पुगेर मलाई र आमालाई सबै कुरा सुनाएर भोलीपल्टदेखि टियुसन् जान सल्लाह दिए। मैले नि खासै टियुसन भन्ने कुरा बुझेको थिएन। आमालाई त झन गा¥हो ।बुबाले टियुसनको बारेमा धेरथोर जानेजति सम्झाउने प्रयास गरे। भोलिपल्ट श्रावण महिनाको चार गते थियो। म अनेकन उत्सुकता र उत्साह बोक्दै घरबाट निस्किए।झण्डै एक घण्टाको यात्रा गरेर टियुसनस्थलमा पुगे।यति बेलाको जस्तो फोनको जमना थिएन् त्यतिबेला ।त्यहाँ पुगेपछि थाहा भयो मेरै कलासका उत्कृष्ट विद्यार्थीहरू पनि त्यहाँ रहेछन्। त्यहाँ विबिध समूह विभाजन गरेर सरले पढाउनु हुदो रहेछ।बिहानको आठ बजेबाट हाम्रो समूहको कक्षा हुदो रहेछ।हामीलाई आठ बजे कक्षामा आउन आग्रह गरियो । हामी कक्षामा गयौँ ।अरू साथीहरू अगाडिदेखि नै पढ्दा रहेछन् म त्यो दिन त्यो कक्षाको नयाँ विद्यार्थी थिए।

सरले मलाई टियुसनको बारेमा विविध कोणबाट सम्झाउनु भयो।अनि मलाई पढाइप्रति उत्प्रेरित गर्न उत्साह दिनुभयो । त्यतिबेलासम्म लगभग म टियुसनको बारेमा स्पष्ट भईसकेको थिए।बुबाले झन बढी चासो राखेका कारण मलाई सरले अझ बढी मोटिभेट गराउनु भयो।त्यसपछि हाम्रो पढाइ सुरू भयो।उहाँ सरले नै कक्षा ८ मा अङ्ग्रेजी पढाउनु हुन्थ्यो तर टियुसन कलासको र कक्षाकोठाका पढाउने तरिका भने फरक थियो । जसको कारण म असाध्यै प्रभावित भए । मनमा लाग्थ्यो यसरी पढाउने शिक्षक पाए म पनि राम्रो शिक्षक हुन्थे। कक्षाको अन्तिममा सरले खुसी हुँदै सोध्नुभयो? धन बहादुर कलास कस्तो लाग्यो ? मैले लजाउँदै जवाफ दिए राम्रो । हो ? हजुर सर! त्यसो भए भोलि यो यो पढेर आउ है? हुन्छ ।ल अब कलास सकियो भोलि फेरि यहीँ टायममा आउ है ?हुन्छ भन्दै म लगायत हामी बाहिरियौँ कलासबाट।

टियुसनको सुरुकै दिन मलाई निकै रमाइलो भयो । अन्तर मनले खुसी हुदै भन्दै थियो पढाइ राम्रो गर्नुपर्छ अब?बाटोमा पनि उत्कृष्ट साथीहरूसँग छलफल गर्दै आधीबाटोसँगै आउथ्यौं।साथीहरूको घर नजिकै थियो मेरो टाढा।आधीबाटोबाट म एक्लै भए।म बाटोमा सरले कक्षामा पढाएका कुरा हेर्दै घर पुगे।अरू दिनभन्दा म खुसी थिए।घरमा पुग्ने बितिकै बुबाले के के पढाइ भयो भनेर सोध्नुभयो? मैले सबै सुनाए।बुबाले खुसी हुदै राम्रो गर भन्नुभयो मैले हुन्छ भने।

यसरी म टियुसन नियमित हुँदै थिए। पढाइमा पनि थप राम्रो गर्दै गए। यो कुराको जानकारी एक कान दुई कान मैदान हुँदै गाउँभरि फैलिएछ। मेरो गाउँका मानिस सोझा भएको कारण सबैले बुझ्न सकेनछन् टियुसनको बारेमा तर बुझ्नेहरू भनेछन् कि त्यसको छोरा टियुसन् पढ्ने रे??गाउँका भलादमी मानिसहरू यसो भने भनेर त्यो कुरा तल्ला घरे काकाले एक दिन बाबालाई भन्नुभएछ।बाबाले साँझ मलाई गाउँका मानिस र तिनको सोचाईका बारेमा इतिहास केलाउदैँ उत्त शब्द भने बाबा पनि त्यो शब्दप्रति आक्रामक हुनुहुन्थ्यो ।

मलाई त्यो शब्दले रातभरी,दिनभरि ,हप्ता ,महिना हुँदै बर्सभरी घोचिरह्यो । नबुझ्नेहरूप्रति मेरो कुनै गुनासो थिएन् ।त्यतिबेला बुझ्नेहरूप्रति मेरो मनमनै खरो प्रश्न थियो ?त्यसको छोराले टियुसन पढ्ने रे??किन?के का लागि? कसरी? म गलत त गरिराखेको छैन् ?अहँ छैन् भन्ने निष्कर्ष निकाले ।

त्यो निष्कर्षसँगै त्यो वाक्यको आशय मैले राम्रोसँग बुँझे। गरिब मानिसले , कमजोर मानिसले छोराछोरी पढाउनु हुन्न, पढाए पनि सामान्य तरिकाले पढाउनुपर्छ ।हामीहरूको हत्केलाभित्र रहेर पढाउनुपर्छ भन्ने धारणा त्यो प्रश्नको थियो । त्यो दमनमूलक प्रश्नको विद्रोह गर्दै म अगाडि बढे ।त्यो एक महिनाको टियुसनमा मैले धेरै किताबी ज्ञान सिके ।अझ त्योभन्दा बढी त जीवन नै बदल्ने गरि सामाजिक ज्ञान सिकेछु, समाज चिनेछु। त्यसपछि पढाइमा पनि निकै सुधार हुँदै गयो ।गुरूहरूको नजरमा राम्रो मध्येको एक पर्न थालेछु ।

अनि अर्कोकुरा त्यँहीबेलादेखि कलिलो मस्तिष्कमा विद्रोहको गहिरो छाप बसेछ। षड्यन्त्रकारीहरूले षड्यन्त्रका तुना कहाँबाट र कसरी बुन्दा रहेछन् भनेर भन्ने कुरा त्यतिबेलै थाहै भयो।त्यो शब्दले मलाई झन मिहिनेत गर्न सिकायो।जतिबेला आज पनि म थाकेको महसुस गर्छु ती र त्यस्ता थुप्रै शब्द सम्झन्छु।यो त केवल जीवनको सुरुवात चरणको षड्यन्त्रमूलक दमनको एउटा प्रतिनिधिमूलक घटना मात्रै थियो ।झण्डै तीन दशकको समयमा त्यस्ता थुप्रै प्रत्यक्ष अप्रत्यक्ष दवावहरूको विद्रोह गर्दै आईयो।अहिले आएर सम्झन्छु अक्सर फल्ने बिरुवा उखिल्न्छ र फलेको बिरुवामा धेरै ढुङ्गा मुढा प्रहार हुन्छ तर पनि उत्त बिरुवाले आफ्नो गुण र स्वभाव परिवर्तन गर्दैन्।

 

कमेन्ट लोड गर्नुस