सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

२०८० पुष १०, ०६:१२ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री प्रचण्डले आज (मंगलबार) दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए। 

‘पुस १० गते दिउँसो ठिक ३ बजे प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ’, उनले भने। सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन्। प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। 

कमेन्ट लोड गर्नुस