सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजवादलाई गन्तव्य मानेर अघि बढ्छौं : डा. भट्टराई

। फोटो स्रोत ।
२०७६ वैशाख २२, ०५:५९ खबर संवाददाता

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकता गर्न लागिएको बताएका छन्। संयोजक भट्टराईले सोमबार दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर अघि बढ्ने सहमतिका लागि गरिएको बताएका हुन। उनले साम्यवाद सम्भव नभएको तर्क गर्दै त्यसको बलियो विकल्पका लागि आफूहरुले समाजवाद स्थापनाको नेतृत्वका लागि पहल गर्न दुई पार्टीबीच एकता गर्न लागेको बताए।

सोमबार भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकीकरण भई बन्ने पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राख्ने सहमति भएको छ।

कमेन्ट लोड गर्नुस