सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री मोदीले चुनाव हार्ने तय छ : राहुल गान्धी

। फोटो स्रोत ।
२०७६ वैशाख २१, ०५:११ खबर संवाददाता

भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव हार्ने तय भएको बताएका छन। शनिबार  पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीमाथि टिप्पणाी गरेका छन्। उनले आधा चुनाव पछि प्रधानमन्त्री मोदीले चुनाव हार्ने तय भएको बताए।

उनले रोजगार र भ्रष्टाचारलाई ठूलो मुद्दा भएको बताउँदै प्रधानमन्त्री मोदी र भाजपालाई निशाना बनाएका हुन्। महागठबन्धन र भोट काट्ने सवाललाई लिएर राहुलले भने, ‘हाम्रो पहिलो लक्ष्य भनेको नै भाजपालाई हराउनु हो।’ कांग्रेस अध्यक्ष राहुलले राफेल डिलदेखि मसूद अजहरलाई लिएर सञ्चारमाध्यमको सवालमाथि पनि जवाफ दिएका छन। 

उनले भने, ‘चुनाव आधाभन्दा धेरै सकिएको स्पष्ट हुन्छ कि, मोदी चुनाव हार्दैछन्। किसान, भ्रष्टाचार, रोजगार संस्थामाथि अतिक्रमण मुख्य मुद्दा हुन, यही कारणले गर्दा नै भाजपाले चुनाव हार्दैछा’

उनले भारतीय चुनाव आयोगमाथि पनि टिप्पणाी गरेका छन्। ‘चुनाव आयोगले दुई किसिमको नियमबाट काम गरिरहेको छ बताए। जहाँ सत्ता पक्ष भाजपाका लागि एउटा नियम छ भने विपक्षी पार्टीका लागि एउटा नियम छ। चुनाव आयोगमाथि पनि भाजपाको दबाब रहेको छ।’

उनले भने ‘सन् २०१४ देखि नरेन्द्र मोदीले आफू १०र१५ वर्षका लागि प्रधानमन्त्री रहने बताउँदै आएका थिए। मोदीजीको प्रधानमन्त्रीको आयु अब १५ देखि २० दिनसम्मको मात्र छ। अब प्रधानमन्त्री को हुन्छ ? यो देशका नागरिकले तय गर्नेछन।’ 

 

कमेन्ट लोड गर्नुस