सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको सङ्ख्या सात सय पुग्यो

२०८० मंसिर १७, ०५:२३ खबर संवाददाता

एजेन्सीः इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ’७०० जनाले ज्यान गुमाएका’ छन्। अस्थायी युद्धविराम सकिएसँगै इजरायलले आक्रमणलाई थप सशक्त बनाएको छ।

गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकले २४ घण्टामा इजरायली आक्रमणबाट ७०० भन्दा धेरै मारिएको बताएका छन्। यता इजरायली सेनाले दक्षिणी गाजातर्फको खान युनिसका बासिन्दालाई ठाउँ खाली गर्न भनेको छ। आज बिहान मात्र इजरायली सेनाको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो।
 

कमेन्ट लोड गर्नुस