सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता हुँदै
२०८० असोज १३, ०५:३१
काठमाडौंः आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ। गृहमन्त्रालयका कर्मचारी विनोद विश्वकर्माका अनुसार आन्दोलत चिकित्सकसँग वार्ताका लागि अहिले तयारी हुँदैछ।
केहीबेरमा वार्ता सुरु हुने विश्वकर्माले बताए। उनले भने, “वार्ताका लागि मन्त्री र आन्दोलनरत पक्षका प्रतिनिधिहरु उपस्थित हुनुहुन्छ। केहीबेरमा वार्ता सुरु हुन्छ।” चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्न भएका व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा छन्।
कमेन्ट लोड गर्नुस