सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट अबैध सामान बरामद

२०८० असोज १०, ०६:५९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट अबैध सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्रहरीले अबैध सामान बरामद गरेको हो।

करिब एक लाख ७९ हजार ४७० रुपैयाँ बराबरका लेडिज सुरुवाल, प्लाजा, कुर्ता, गुट्का लगायत भन्सार छलीका सामान र धनगढी उपमहानगरपालिका–३ माया मेट्रो अस्पताल नजिकबाट पनि करिब ४२ हजार मुल्य बराबरका कपडा बुधबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो।

कमेन्ट लोड गर्नुस