सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षामा अराजक राजनीति!

२०८० असोज ५, ११:५७

गुरु ब्रह्मा गुरु विष्णु गुरुर्देवो महेश्वर

गुरु साक्षात् पर ब्रह्मा तस्मै श्री गुरवे नमः

गुरु विद्यालयमा पढाउने मात्र नभइ ज्ञानको ज्योति लाई सूर्यको किरण झैँ प्रदान गर्ने व्यक्तिलाई भनिन्छ । हाम्रो पहिलो गुरु आमा बुबा वा अभिभावक हुनुहुन्छ भने दोस्रो चाहिँ शिक्षक । गुरु विनाको जीवन मानव जातीले  कल्पना सम्म पनि गर्न सक्दैनौँ ! रामायण कथा लेख्ने बाल्टीकी पनि रत्नाकर डाँकु बाट बदलिएर भएका थिए । उनका गुरु नारायणले उनीलाई सत्मार्गमा लाग्न प्रेरणा दिएकै भएर उनले रामायण जस्तो सबैको लोकप्रिय लामो कथा तयार गर्न सफल भए ।

यसबाट मानिसलाई सही मार्गमा लाग्न गुरुको महत्व कति छ भन्ने स्पष्ट हुन्छ । गुरु भन्ने बित्तिकै शिक्षक मात्रै बुझ्ने सामान्य मान्छेको धारणालाई गलत नै भन्न नमिले पनि त्यो उपयुक्त चाहिँ होइन । वास्तवमा गुरु एक मार्गदर्शक हुन् । असल बाटोमा हिँड्न अभिप्रेरित गर्न सक्ने व्यक्ति, जुनसुकै उमेर वर्गको लाई पनि हामी गुरुको दर्जा दिन सक्छौ । मान्छेको गुरु मान्छे नै हुनुपर्छ भन्ने जरुरी छैन ! साँच्चै भन्नुपर्दा यस धर्तीका सबै सजिब प्राणीको गुरु प्रकृति हो । भर्खरै जन्मेको एउटा जङ्गली जनावरको बच्चालाई हिँड्न सिकाउने गुरु पनि प्रकृति अनि  वनस्पतिलाई उब्जन सिकाउने गुरु पनि प्रकृति नै हो । एउटा सानो किरोले आब म यो संसारबाट बिदा लिने बेला आयो भनेर सोच्छ तबको अलिबेरमा नै सोही किरो रंगीबिरंगी पखेटा फिँजाएर पुतली बन्छ , यस्तै गरी निराशामा लुकेको आशा नै गुरु हो ।

यो संसारमा भगवान् सरहको दर्जा कसैलाई दिन मिल्छ भने त्यो गुरुलाई हो । हामी सम्पूर्णले गुरुको महत्व बुझेर उहाँलाई आदर गर्न सिक्नुपर्छ । गुरुलाई आदर र सत्कार गर्नु नै हाम्रो जीवनलाई सार्थकता तर्फ उन्मुख गराउनु हो । देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ ।

‘शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन् ।’ अर्थात् योग्य  शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ । एउटा असल शिक्षकमा व्यक्तिगत गुणमा राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान् हुनुपर्छ । नेपालको सन्दर्भमा शिक्षक चुनावी एजेन्डा र संघसंगठनका लागि उपभोग गरिएको पाइन्छ । जुन पेशा आफैँमा मर्यादाको शिखर हो तर राजनीतिक पाटिका सदस्य र संघसंगठन वाट अहिलेको बिसम परिस्थिति सिर्जना भएको हो । जबसम्म शिक्षक , न्यायाधीस , पत्रकार , प्रहरी प्रशासन , स्वास्थ्यकर्मी अनि सरकारी कर्मचारी राजनीतिक संघसंगठनका अगुवा हुन्छन् तबसम्म देश विकास र सुशासनको परिकल्पना गर्नु महा मूर्खता हो ! बालुवामा पानी हाले जस्तै हो ।  यो बारेमा आम नागरिकले सच्चिनु अनिवार्य आवश्यक भैसक्यो । 

शिक्षक आन्दोलन जायज :

राष्ट्रिय स्तरको शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण शिक्षकलाई स्थानीय तहले कारबाही र अवकाश गर्न पाउने व्यवस्थाले राजनीतिक, पारिवारिक, सामाजिक प्रतिशोध प्रस्ट झल्किन्छ  । शिक्षकलाई रचनात्मक विचार र अभिव्यक्ति स्वतन्त्रताबाट कुण्ठित गरिएको छ । मजदुर सरह व्यवहार गरिएको छ ।  रचनात्मक कार्यमा सदुपयोग गर्दा राष्ट्रमा ठूलै क्षति हुन्छ भन्नु गलत हो । निजामती डाक्टर, इन्जिनियरहरू पनि अन्यत्र सेवा गरेर अनुसन्धान र अनुभवलाई निखार्छन् तर शिक्षकलाई भिन्न किन हेर्छन् र स्थानीय तहमा समायोजन गर्दा स्वतः एक तह बढुवाको अवसर निजामती कर्मचारीले पाए तर शिक्षकलाई केही लाभ नदिइ समायोजन गरेर विभेद गरिएको छ । शिक्षा ऐन २०२८ को दफा ११चड्ड को उपदफा (७) ले २०५२ सालको विज्ञापन अनुसार २०६० साल पछि नियुक्त हुने शिक्षकहरूलाई निवृतभरण प्रयोजनका लागि नपुग अवधि ७ वर्षसम्म अस्थायी सेवा अवधि जोडिने व्यवस्थालाई सम्बोधन नगरि यो विधेयक लागु पछि विभेदमा पर्ने शिक्षकका लागि यो विधेयक अति नै अन्यायपूर्ण वनेको ठहरिन्छ  ।

शिक्षक स्थानीय तहमा समायोजन हुने व्यवस्था संविधानमा कतै छैन । संविधानको अनुसूची ८ मा शिक्षाको अधिकार व्यवस्था गर्दा शिक्षकलाई हस्तान्तरण गर्ने कतै लेखेको छैन । तसर्थ शिक्षक स्थानीय तह मातहत राखिनु गलत हो । जबकी निजामती कर्मचारी समायोजन ऐनले सुविधा वृद्धि सहित ऐच्छिक आधारमा कर्मचारी समायोजन गरिएको थियो तर शिक्षकहरू लाई विधेयकमा कुनै आकर्षण र सुविधा नराखिकन शिक्षक नियन्त्रण ऐन जस्तो करिब २,५०,०००÷– (दुई लाख पचास हजार ) जना शिक्षकलाई पीडा दिने विधेयक तयार गर्नु गलत हो ।

सम्पूर्ण आमनागरिकले यो बारे काँधमा काँध मिलाउनु नितान्त आवश्यक छ ।

नेपाल शिक्षक महासङ्घको अगुवाइमा हाल प्रस्तावित शिक्षा विधेयकमा समेटिएका विषयवस्तुलाई लिएर आन्दोलन चिलरहेको छ ।

शिक्षा पेशा अत्यन्तै मर्यादित र समाज रूपान्तरणको मेरुदण्ड रहेको पेशा हुँदाहुँदै राज्यले यो पेशाको अवमूल्यन गरेको पक्कै हो ।

माग सन्दर्भमा स्वचालक ः–

– मागहरूको अध्ययन गर्दा  शिक्षण पेशासँग सम्बन्धित भन्दा पनि  पेशामा संलग्न शिक्षक /कर्मचारीहरूसँग मात्रै केन्द्रित देखिन्छन ।

– सरकारी/सामुदायिक विद्यालयको गुणस्तर वृद्धि र शिक्षा/शिक्षण पद्धतिको परिवर्तन सम्बन्धमा माग कहीँ कतै बोलेको देखिदैन ।

– सरकारी/सामुदायिक विद्यालयको गेट अगाडिबाट गाडी चढी/ हिडेर निजी विद्यालयमा धाइरहेका विद्यार्थीहरूलाई निजीमा धाउन रोक्न सरकारले गर्नुपर्ने काम कर्तव्यको बारेमा मागहरू चुप देखिन्छन ।

– अन्तर्राष्ट्रिय शिक्षा प्रणाली र त्यससँग प्रतिस्पर्धा गर्न सक्ने हाम्रो शिक्षा प्रणाली बनाउन आवश्यक तत्त्व र पूर्वाधार निर्माणमा राज्य र विद्यालयहरूले गर्नुपर्ने काम कर्तव्यको सन्दर्भमा मागहरू मौन देखिन्छन् ।

–रित्तैदै गरेका सरकारी/सामुदायिक विद्यालयलाई निजि सरह बनाउने सन्दर्भ पनि मागहरू बोलेको देखिदैन ।

– बढ्दो विश्वव्यापीकरण र समयसँग घुलमिल हुने गरि विद्यालय समय बाहेकको समयमा शिक्षकले गर्न सक्ने र गर्न पाउनुपर्ने अन्य आयआर्जनका विषयमा पनि महासङ्घका मागहरू मौन नै देखिन्छन् । त्यसैले हिजो के थियो मनन गर्ने हो । बर्तमन समय परिस्थितिको उपज हो ।

१९ महिनामा २४ लाख युवा विदेश गए । हरेक वर्ष १ लाख २५ हजार विद्यार्थीले १२ कक्षा पास गर्छन् र त्यस मध्ये १ लाख बढी विदेश जान्छन् । विदेश गएका आधा पनि फर्कदैनन् । गाउँ बस्ती सबै रित्तो भै सक्यो । उब्जनी हुने प्राय जमीन बाँझो भै सक्यो । यो समस्याको समाधान गर्ने देशमै समृद्धि हासिल गर्ने मौलिक शिक्षा नीति चाहियो । नेपालको अहिलेको शिक्षक आन्दोलनको एजेन्डा यो हुनु पर्ने की नपर्ने ? गुरुयोजना प्रश्न खडा भएको छ ।  बौद्धिक जमात अनि समाजका अभिभावक मानिएका शिक्षक नबोले को बोल्ने कसले चिन्ता गर्ने ? एकतामा बल हुन्छ त्यसैले, ‘पहिचान राजनीति बाट हैन ! पेसागत हुनुपर्छ।’ 

फकिरयात्री कुबेर

ॐ असतो मा सद्गमय

तमसो मा ज्योतिर्गमय

मृत्योर्मा अमृतँ गमय

ॐ शान्ति शान्ति शान्ति ।। 

✍️ फकिरयात्री कुबेर

कमेन्ट लोड गर्नुस