धनगढीमा किसान अटोमोबाइल्सको ‘अपग्रेड महोत्सव’ सुरु, ग्राहकलाई आकर्षक अफर
धनगढीः किसान अटोमोबाइल्स, होन्डा–धनगढीले हसनपुरमा ‘अपग्रेड महोत्सव’ सञ्चालन गरिरहेको छ। पुरानो हवाइ ग्राउन्ड, होटल ब्यवसायी संघ नजिक आयोजित महोत्सवमा ग्राहकका लागि विभिन्न अफरहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कार्यक्रममा होन्डा ब्रान्डका बाइक ल्याउने ग्राहकले न्यूनतम ३० हजार रुपैयाँसम्मको भ्यालुएसन पाउनेछन् भने अन्य ब्रान्डका बाइकमा न्यूनतम २० हजार रुपैयाँदेखि भ्यालुएसन प्रदान गरिनेछ। त्यससँगै ६ हजार रुपैयाँ बोनस भ्यालुएसन, ६ हजार रुपैयाँ क्यासब्याक अफर तथा १ प्रतिशत मात्र ब्याजदरमा फाइनान्स सुविधा मुख्य आकर्षण रहेका छन्।
महोत्सवमा बाइकधनी ग्राहकका लागि फ्री चेक–अप क्याम्प समेत सञ्चालन गरिएको छ। कम्पनीका अनुसार नयाँ मोडलका होन्डा बाइकहरूमा उत्कृष्ट भ्यालुएसन, सस्तो फाइनान्स, बोनस र क्यासब्याक एकै ठाउँमा उपलब्ध गराइएको छ।
हसनपुर क्षेत्रमा आयोजित महोत्सवलाई स्थानीय उपभोक्ताको राम्रो सहभागिता रहेको बताइएको छ। पुरानो बाइक लिएर महोत्सवमा सहभागी हुने ग्राहकले तुरुन्तै अपग्रेड अफर लाभ लिन सक्ने व्यवस्था मिलाइएको आयोजक पक्षले जनाएको छ।