सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालको २३ महिनाको कैलाली बसाई, विवाद भन्दा चर्चा बढि (भिडियो हेर्नुहोस)

२०७५ वैशाख १८, १२:२९

झण्डै २३ महिनाको कैलाली बसाईलाई विट मार्दै कैलालीका प्रमुख जिल्ला अधिकारी बुधवार रौतहट जादैछन्। गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालको रौतहट सरुवा गरेपछि उनको २३ महिने कार्यकालको चर्चा पनि भईरहेको छ। टिकापुर घटनाको झण्डै १० महिनापछि कैलालीको प्रमुख जिल्ला अधिकारी भएर आएका रिजाललाई सुरुवातमै थारु र पहाडी समुदायको सद्धभाव कायम गर्न चुनौती थियो।

टिकापुर घटनापछि सद्धभाव कायमको कुराले चर्चा नपाउदै मालिका यातायातले सेवा सुरु गरेपछि यातायात व्यवसायीले गर्न खोजेको सिण्डीकेटको सामाना पनि प्रमुख जिल्ला अधिकारी रिजालले गरे। यि दुई विषयमा प्रमुख जिल्ला अधिकारी रिजालले अपनाएको सावधानी कैलालीवासीले अहिले पनि सम्झीरहेका छन्। वर्षौदेखि नागरिकता नपाएर राज्यले दिने सेवा सुबिधा नपाएका व्यक्तिलाई घरमै गएर नागरिकता दिन घरदैलो अभियानको सुरुवात गरेर प्रमुख जिल्ला अधिकारी रिजालले चर्चा कमाएका थिए।

रिजालले कैलालीका विकट पहाडी क्षेत्रमा घुम्ती शिवीर अभियान सञ्चालन गर्दै नागरीकता वितरणसंगै जिल्लाका अन्य सरकारी कार्यालयको सेवा पनि गाउँसम्मे पुगाएका थियो । तर उक्त घुम्ती शिवीर अभियान भने उनको २३ महिने कार्यकालको सुरुवातको समयमा मात्रै केन्द्रित रह्यो, जस्ले गर्दा प्रमुख जिल्ला अधिकारी रिजालले चर्चाकै लागि सो अभियान गरेको आरोप पनि लाग्यो। २३ महिने कार्यकालमा उक्त अभियानलाई निरन्तरता दिन नसकेको कुराले भने प्रमुख जिल्ला अधिकरीलाई पनि चुकेकै अनुभुती भएको छ।

गत असोजको पहिलो हप्ता सर्लाही सरुवा भएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको बिदाई कार्यक्रम भईरदा एकाएक सरुवा रोकिएको कुराले पनि चर्चा पायो। विदाई कार्यक्रमहरुमा भ्याई नभ्याई भईरहेका बेला एउटा विदाई कार्यक्रममै उनको सरुवा रोकिएको खबर आएको थियो। सो बखत उनलाई कांग्रेस नेतृ डा. आर्जु राणालाई चुनाव जिताउन कैलालीमा नै रोकिएको कुराले पनि चर्चा पाएको थियो। नागरीक प्रतिको जिम्मेवारीता र संवेदनसिलतामा भने प्रमुख जिल्ला अधिकारी रिजाल २३ महिने कार्यकालमा सजक रहेको देखिन्छ।

कैलाली जस्तो अति संवेदनसिल जिल्लामा आफ्नै कार्यकालमा तिन तहको चुनाव कुनै पनि अप्रीय घटना हुन नदिएर सम्पन्न गर्नु प्रमुख जिल्ला अधिकारी रिजालको सफलता हो। व्यक्तिगत रुपमा कसैका लागि प्रिय वा अप्रिय हुनु प्राकृतिक नियम नै हो र त्यो नियम भने प्रमुख जिल्ला अधिकारी रिजालको कैलाली कार्यकालमा पनि लागु भएको देखिन्छ। कुनै सामान्य बिषय बाहेक प्रमुख जिल्ला अधिकारी रिजालले कुशल प्रशासक, कुशल अभिभावक र कुशल समन्वयकर्ताका रुपमा निभाएको भूमिका प्रससनिय छ। कैलालीबाट बिदाई भएर जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी रिजाललाई थप प्रगतीको शुभकामना। 

कमेन्ट लोड गर्नुस