कञ्चनपुरमा अबैध कुखुराका चल्ला बरामद
कञ्चनपुरः कञ्चनपुरमा अबैध कुखुराका चल्ला बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका ६ भुराकोटबाट अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको ५०० वटा कुखुराका चल्लाहरु आईतवार दिउँसो प्रहरीले बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिइएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेलापारी बरामद गरेको बताएको छ। बरामद गरिएका चल्लाहरु आवश्यक प्रकृया पुरा गरि नष्ट गरिएको बेलौरी प्रहरीले जनाएको छ।