सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयाले गर्‍यो जेसिबी खरिद 

२०८० साउन १६, ०९:३५

बैतडीः बैतडीको सुर्नया गाउँपालिकाले जेसिबी खरीद गरेको छ। गाउँपालिकाले ५१ लाख ५० हजारमा जेसीबी खरीद गरेको गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टले बताए।

गाउँपालिकाले सडक निर्माण, मर्मत सम्भार र पालिकाका अन्य आवश्यक कामहरुमा प्रयोग गर्ने प्रयोजनका लागि जेसिबी खरीद गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए। चालु आर्थिक बर्षको बजेटबाट गाउँपालिकाले ५१ लाख ५० हजारमा जेसिबी खरीद गरेको प्रमुख प्रशासकिय अधिकृत रघुनाथ अवस्थीले जाकारी दिए। जेसिबी खरीद गरेपछि पालिका अन्तर्गतका सडक अवरुद्ध भएमा सुचारु गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कमेन्ट लोड गर्नुस