सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका जयराम साउँदको भारतमा मृत्यु 

२०८० साउन १६, ०६:१२ खबर संवाददाता

बैतडीः बैतडीका जयराम साउँदको भारतमा मृत्यु भएको छ। 

रोजगारीको सिलसिलामा भारतको अम्बलामा रहेका बैतडीको सुर्नया गाउँपालिका ७ कठमडा तल्ला गाउँका ३४ वर्षीय साउँदको करेन्ट लागेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। पानीको मोटर चलाउने बेला करेन्टर लागेर सोमवार उनको मृत्यु भएको स्थानीय दिपेन्द्रबहादुर कुँवरले बताए।

गएको मंसिरमा मात्रै रोजगारीका लागि भारत गएका साउँदको मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ। पैसा कमाउनका लागि भारत गएका छोराको मृत्यु भएपछि उनकी आमा गुन्नादेवी साउँद विक्षप्त अवस्थामा रहेकी छन्। उनको घरमा वृद्ध आमा, श्रीमती र दाजुभाउजु रहेका छन्। 

कमेन्ट लोड गर्नुस