सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकल महिला दिवसको अवसरमा निसर्ग हस्पिटलले गर्‍यो निःशुल्क रगत परीक्षण

२०८० असार ८, ०५:५६ खबर संवाददाता

धनगढीः  १३औं अन्तर्राष्ट्रिय एकल महिला दिवस धनगढीमा पनि ‘लैङ्गिक समानताकालागि नवप्रवर्तन र प्रविधि’भन्ने नारासहित मनाइएको छ।

दिवसका अवसरमा धनगढीको हसनपुरस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले ३५ जनाभन्दा बढी एकल महिलाको निःशुल्क रगत परीक्षण र परामर्श गरेको छ। मानवअधिकारका लागि एकल महिला समूह सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेबी बिष्ट, एकल महिला समूह सुदूरपश्चिमकी प्रदेश अधिकृत वेद अवस्थी, निसर्ग हस्पिटलका मेडिकल डाईरेक्टर डा.मेराजआलम अन्सारीलगाएत एकल महिलाहरुको सहभागिता थियो।No description available.

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसयता सन् २०११ देखि यो दिवस मनाउन थालिएको हो। राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनि व्याख्या गरेको छ।No description available.

कमेन्ट लोड गर्नुस