सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको एक वडाद्धारा अपाङ्गता भएकालाई सहायताका सामाग्री हस्तान्तरण

२०८० असार ४, ०९:५१ खबर संवाददाता

डोटीः  डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर–४ सातफरीले वडापालिका भित्र भएका अशक्त तथा अपांगलाई सोमबार सहायताका सामाग्री हस्तान्त्रण गरेको छ।

वडापालिका भित्र भएका २७ जनालाई सहायताका सामान, सरसफाइका सामान तथा कपडा वितरण गरेको हो। चार जना क वर्गकालाई ह्विुइलचिएर, सरसफाइका सामान अन्यलाई सरसफाईका सामान, कम्बल तथा विद्यालय पढ्ने उमेरकालाई सरसफाइका सामान र शैक्षिक सामाग्री  वितरण गरेको हो।No description available.

वडाले वडामा भएका हिँडडुल गर्न नसक्ने असाहायलाई सहायताका सामाग्री सहयोग गरेको हो। वडामा भएका हिँडडुल गर्न नसक्ने दयनीय अवस्थाका व्यक्तिलाई घर बाहिर भित्र तथा हिँडडुल गर्न राहत पुगोस भन्ने उदेश्यले सामाग्री वितरण गरेको वडा अध्ययक्ष दिप बमले बताए।

सहायताका सामाग्री पाउँदा निकै खुसी भएको चित्रा बिनाडीले बताइन्, उनले भनिन्–‘बाहिर भित्र जाँदा अरुको साथ चाहिन्थ्यो, बढी त शौचालय जादा समस्या हुन्थ्यो,अब, आफै जान सक्ने भए।’ सहायताका समान पाउँदा सबैजनाले खुसी हुदै धन्यवाद दिएका थिए।No description available.

साथै वडाले एक टोलका किसानलाई पोलि हाउसका लागि चाहिने प्लास्टिक तथा वर्षायाममा हुने विभिन्न प्रकारका तरकारी बालिका विउ समेत वितरण गरेको थियो।No description available.

कमेन्ट लोड गर्नुस