सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा डोटीकी एक महिलाको बलात्कारपछि हत्या

। फोटो स्रोत ।
२०८० असार ३, ०५:५० खबर संवाददाता

धनगढीः भारतमा डोटीकी एक महिलाको बलात्कारपछि हत्या गरिएको छ। डोटीको शिखर नगरपालिका सुर्कालकी पार्टीको भारतको गुजरातस्थित वापीमा हत्या भएको हो। 

उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो। उनी पति अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन्। पति एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेका थिए। 

तीन छोरी साथमा रहेको बेला कोठामा ३ जना  अज्ञातव्यक्ति प्रवेश गरी बलात्कारपछि लक्ष्मीको हत्या गरेको आफन्तले बताएका छन्। भारतीय प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्तले बताएका छन्। उनको शव बुझेर अन्तिम संस्कार गरिसकिएको छ।
 

कमेन्ट लोड गर्नुस