सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले आगामी वर्षमा २१८ किलोमिटर सडक कालोपत्र गर्ने

२०८० असार २, ०४:४५ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी  आर्थिक वर्षमा २१८ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य लिएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले शुक्रवार प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा २१८ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य लिइएको छ। 

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा २८८ किलोमिटर ग्राभेल सडक तथा १० वटा सडक पुल नर्मिाण गर्ने लक्ष्य लिएको छ। प्रदेश सरकारले सडक पूर्वाधारतर्फ पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ। प्रादेशिक गौरवका सडक निर्माणको काम पूरा हुनेगरि बजेट विनियोजन गरिएको प्रदेश सरकारले बताएको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस