डोटीको सेती नदीमा नुहाउने क्रममा रामेछापका युवकको डुबेर मृत्यु
डोटीः डोटीको सेती नदीमा नुहाउने क्रममा रामेछापका युवकको डुबेर मृत्यु भएको छ। जिल्लाको रामेछाप उर्माकुण्डा गाउँपालिका–५ कृतिगाउँ घर भई हाल काठ चिरानको काम गर्दै आएका २४ वर्षीय मिलन तामाङको आइतवार डुबेर मृत्यु भएको हो।
उनी सेती नदिमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए। डुबेर बेपत्ता भएका तामाङकोे जिल्ला प्रहरी कार्यालय डोटी, ईलाका प्रहरी कार्यालय दिपायल र स्थानियहरुको सहयोगमा खोजिकार्य पछि शव फेला परेको दिपायलका प्रमुख रूप सिंह थापाले बताए।