नुहाउन गएका एक जनाको सेती नदिमा डुबेर मृत्यु
डोटीः डोटीमा सेती नदीमा नुहाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ।
जिल्लाको पुर्विचौकी गाउँपालिका–४ सानागाउँका अन्दाजी ३८ बर्षका तेज खड्काको नुहाउने क्रममा डुबेर मृत्युु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूप सिं थापाले बताए। खड्काको दिउँसो सेती पुल नजिक नुहाउने क्रममा मृत्युु भएको हो।
डुबेर बेपत्ता भएका खड्काको प्रहरी र स्थानीयको खोजिकार्य पछि शव फेला परेको हो।