सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा दौडिए जेष्ठ नागरिक, खुसीको छैन सीमा

२०८० जेठ २८, ०१:४९ विन्दु चन्द

बैतडी: ६० वर्ष माथिका वृद्धवृद्धालाई अचेल जेष्ठ नागरिक भनिन्छ। वृद्धवृद्धाले हिँड्डुल र कामकाज गर्न सक्दैनन् भनेर आराम गर्न सुझाव दिइन्छ। तर, वृद्धवृद्धाका लागि दौड प्रतियोगिता भयो भन्ने सुन्दा जो कोहीलाई अचम्म र अपत्यारिलो लाग्न सक्छ ।  तर  बैतडीको मेलौली नगरपालिका वडा नम्बर ७ ले वृद्धवृद्धा दौडिन पनि सक्छन् भन्ने प्रमाणित गरेको छ।

मेलौली नगरपालिका वडा नम्बर ७ ले वडास्तरीय जेष्ठनागरिक दौड प्रतियोगिता सम्मपन्न गरेको छ। उक्त प्रतियोगितामा ६ जना वृद्ध पुरुष र ७ जना वृद्धा महिला सहभागी थिए । जेष्ठ नागरिकको दौड प्रतियोगिता हुने भएपछि सो वडाका जेष्ठ नागरिक उत्साहित हुँदै दौडमा सहभागी भए। 

सहभागी जेष्ठ नागरिकहरु प्रतियोगितामा भाग लिन एकदमै उत्साहित भएर आएका थिए। यस्तै, दौड हेर्ने दर्शकहरु पनि उत्तिकै उत्सुक देखिन्थे । दौड प्बारतियोगिता हेर्नेको बाक्लो उपस्थिति रहेको थियो। 

वडा नम्बर ७ को विद्यायलस्तरीय खेलकुद समितिको आयोजनामा वडाले जेष्ठनागरिक दौड प्रतियोगिता तथा वडास्तरीय महिला तथा पुरुष खुला भलिवल प्रतियोगिता  राखेको थियो। 

यस्तो थियो सहभागी जेष्ठ नागरिकहरूको अनुभव 
जेष्ठ नागरिक दौड प्रतियोगिता हुने सुनेपछि आफूहरुलाई गर्व महसुस भएको सहभागीहरुले बताएका छन्। खेल प्रतियोगितामा भाग लिएपछि त खुसीको सीमा नै नरहेको सहभागी रामि चन्दले बताए । हारजित भए पनि सहभागी हुनु पाउनु नै धेरै ठुलो कुरा रहेको उनले बताए।  उनले भने, “हारजित त आफ्नो ठाउँमा छ। तर, सहभागी हुनु नै हाम्रा लागि खुसीको कुरा हो।  वडाले खेल खेलाएकोमा  एकदमै गर्व लागिरहेको छ। यो अवस्थामा खेलमा सहभागी हुन पाउँदा एकदमै खुसी लागिरहको छ।'

दौड्न पाउँदा  गर्व लागेको दौड प्रतियोगितामा प्रथम भएका इन्द्रसिंह कार्किले बताए।  उनले भने, “म एकदमै खुसी छुँ। यो खेल हुन्छ भनेर सुनेको दिनदेखि छिटो दौड्न पाए हुन्थ्यो झैँ लागेको थियो । मनमा एक किसिमको डर पनि थियो र उत्साह पनि । तर हार मानेको थिएन जसरी पनि हुन्छ जितेरै छोड्छुँ भन्ने आत्मविश्वास लिएको थिएँ। पहिलो नै भएँ।' 

उनले अगाडि भने, “घरमा त काम गरिरहन्छौँ नि। सरकारले पनि यस्ता कार्यक्रम गरिदिए थाकेको बुढो शरीरमा उर्जा आउँथ्यो। हामीलाई केही भएको छैन। कसरत गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ। सरकारले फेरि पनि हाम्रा लागि यस्ता किसिमका कार्यक्रम ल्याइदिए हामी निकै खुसी हुनेछौँ।'

वडास्तरबाट यस्ता कार्यक्रम हुनुमा गर्व महसुस भउको द्वितीय भएका शेरी चन्दले बताए । जेष्ठ नागरिकलाई के गर्न सक्छन र भनेर हेप्नेका लागि  यो जनचेतनामुलक सन्देश भएको उनले बताए।  उनले भने, “म दौड्नकै लागि यहाँ आएको हुँ । अझै यस्ता कार्यक्रम गर्न म सरकारलाई अनुरोध गर्छुँ। मलाई धेरै खुसी लागेको छ।'

आफूहरुको जोस, जाँगरले युवाहरुलाई पनि सन्देश दिने प्रतियोगितामा तृतीय भएका कृष्णसिंह भाटले बताए। उनले भने, हामीलाई बुढा भनेर हेप्छन् आज हामीलाई जोस र तागत देखाउने अवसर मिल्यो। अहिलेका युवापुस्ता एकदमै अल्छी छन्। हाम्रो यो जोसले उनीहरुलाई हौसला र चेतना दिएको छ।' धेरैले त यो खेललाई आलोचनाको रुपमा लिएको तर, आफूहरुले ती आलोचनाहरुलाई तोडिदिएको भाटले बताए। 

'धेरैले अब बुढामान्छेलाई दौडाएर हुन्छ विकास भनेर भन्थे। धेरै युवाहरु त यसको पक्षमा थिएनन् । तर हामीलाई भने कहिले होला दौड भन्ने लाग्थ्यो। यो खेलले हाम्रो चित्त बुझेको छ। सबैका आ आफ्ना विचार कुविचार हुन्छन् हामीलाई त धेरै राम्रो लाग्यो। आफ्नो प्रतिभा देखाउन पायौँ। फेरि पनि यस्ता कार्यक्रम गरे सहभागिता जनाउछौँ, भाटले भने । दौड प्रतियोगिताले आफ्नो बाल्यकालको अवस्था झल्काइदिएको उनीहरुले बताएका छन्।

जेष्ठ महिलाहरु पनि कम थिएनन् । उक्त दौड प्रतियोगितामा पुरुष भन्दा महिलाको सहभागिता बढी थियो । जसले हेर्ने दर्शकहरुलाई समेत उत्साहित बनाएको थियो । खेलकुद लगायतका केही अन्य क्षेत्रमा महिलाहरुको सहभागिता खासै देखिदैन । तर यो प्रतियोगितामा जेष्ठ महिलाहरुको पुरुषको भन्दा बढी देखिँदा दर्शकहरुको अनुहारमा समेत चमक देख्न सकिन्थ्यो ।

सो खेलप्रति आत्मादेखि खुसी महसुस भएको प्रथम प्रतियोगि पशुपति पशुपति अवस्थिले बताइन् । उनले हाँस्दै भनिन्, “जेष्ठ नागरिकको खेल भन्यो हामी त दौडेर आयौँ । हामी महिलालाई कम कम ठानेको हो? दगुर्ने हो जब सम्म बाँचिन्छ दगुर्ने हो, हेर्ने हो । सारै राम्रो कार्यक्रम गरिदियो हामी त आत्मैदेखि खुसी छौँ । सरकारलाई धन्याबद छ ।’’

महिलाहरुलाई सधै चुलो चौको तथा घरको काममा मात्रै सिमित राखिन्छ । तर यो प्रतियोगिताले नयाँ पाठ सिकाएको द्धित्तिय प्रतियोगि सुर्मादेवि कार्कीले बताइन् । उनले भनिन्, “जसलाई दगुर्ने शक्ति हुन्छ प्रतियोगितामा भाग लिन्छन्, नहुनेले हेर्न पाउँछन् । आफुले नसकेपनि अरुले सहभागि हुँदा पनि खुसी लाग्छ । जेष्ठ नागरिकलाई पनि स्थान दियो आफ्नो कला देखाउन पायौँ धेरै राम्रो भयो ।’’

धेरैले यसलाई मजाक तथा हाँसोको रुपमा लिए पनि आफुहरुले भने गर्नुपर्छ भन्नेमा सहमत रहेको प्रतियोगितामा तृतीय स्थान हाँसिल गरेकी धना चन्द ठगुरानिले बताइन् । उनले भनिन्, “लौ जेष्ठ नागरिक दौड प्रतियोगिता हुँदै छ भनेर धेरै त हाँसे पनि मजाक पनि गरे । तर हामीलाई त भइदिए झै लाग्यो । अहिले पनि हुन्छ कि हुन्न कहिले मरिन्छ भनेर आयौँ तर आफैँले दोड्नुपर्यो । अरु सहभागि हेर्दा रहर लाग्यो भाग लिइयो । एकदमै खुसी महसुस भयो ।’’ उनले व्यगं गर्दै भनिन्, “मलाई त फस्ट हुने इच्छा होनी । खुट्टाको चप्पले धोका दियो मलाई छलेर अरु अगाडी पुगे । म तेस्रो भएँ उनी हाँसीन् ।  खुट्टमा पुरानो फोटेको चप्पल हुँदा बीचमा निस्केपछि नी प्रथम हुनबाट छुटिन् । 

जेष्टनागरिकमा एकदमै जोश थियो । दुई÷तीन दिनदेखि नै उनीहरुयो दौडको अभ्यास गरिरहेका थिए । जेष्ठनागरिरको जोश देखेर खेल मैदानमा भएका दर्शक तथा जनप्रतिनिधिहरु समेत अचम्मीत थिए । वडा कार्यालयले आर्थिक वर्ष २०७९÷८०को बजेटमा जेष्ठ नागरिकको १०० मिटर दौड प्रतियागिता शिर्षकमा ५० हजार बजेट छुट्याएको थियो । तर यो शिर्षकमा धेरैको आलोचना थियो । देशभरि नै यसबारे हल्ला फैलीएको थियो ।

मजाक र हाँसोको रुपमा यो प्रतियोगितालाई लिइएको थियो । धेरैले जेष्ठ नागरिलाई टिक्न नदिनका लागि यो कार्यक्रम ल्याएको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया समेत दिएका थिए । नकारात्मक किसिमका गाली गलौज तथा प्रतिक्रियाले आफु अहिलेसम्म गर्ने वा नगर्ने भन्ने दोधारमा परेको वडा कार्यालयका वडाअध्यक्ष रामचन्द्र भट्टले बताए । उनले थुप्रै विवाद र आलोजनाले सो प्रतियोगिता समयमै गर्न नसकेको बताए ।

जेष्ठ नागरिकको ख्याल कसरी ?
वडा अध्यक्ष भट्टको घरमा ८८ वर्षीय जेष्ठ नागरिक छन् । भट्टको हजुर बुवा (बाँजे) नाता पर्ने उनले घरको अधिकांस काम गर्ने गर्थे । घर आँगनको सरसफाईदेखि खेतबारीको काम पनि बाँजेले गर्ने गरेको भट्ट बताउँछन् । शारिकिक रुपमा पनि तन्दुरुष्तै देखिने बाँजेको सबै गतिविधि हेरेर आफ्नो मनमा नयाँ उर्जासहित नयाँ किसिमको ख्याल आयो । 

भट्टले भने, “अहिले युवा अवस्थामै यसरी घर आँगनको काम गर्न अल्छी लाग्ने हुन्छ तर पुढापाखाले सहजै युवाहरुले गर्न नसक्ने काम कार्यहरु गर्न सक्छन् । गाउँघरमा अरु पनि आमाबुवाहरु छन् उहाँहरुको उर्जा र शक्ति देखेर जेष्ठ आबाबुवाहरुको मनोबल उच्च बनाउनका लागि केही न केही कार्यक्रमहरु  ल्याउनु पर्छ भन्ने सोचले यो कार्यक्रम राखें ।’

शिर्षक राखेपछि सामाजिकसञ्जाल लगायत विभिन्न माध्यमहरुबाट नकारात्मक किसिमका थुप्रै आलोजनाहरु आएको उनले बताए । कतिपयले त जेष्ठ आमाबुवाहरुलाई अझ केही दिन बाँच्न नदिनका लागि यो कार्यक्रम राखेको भन्दै गालीगलौज पनि गरिएको भट्टले बताए । कसैले पनि यसमा सहमपित नजनाउँदा आफुलाई नै के गर्ने भनेर अलमलमा पारेको बताए ।

धेरैले गाली गरे, विवाद र आलोचना पनि गरे,  २/४ दिन जिउन दिनु बाजे बजैँलाई भनेर अनेक किसिमा आलोचनाहरु आउन थाले । ती आलोजनाहरुले मनमा कता कता डर पनि लाग्ने, यस्तो शिर्षक किन राखेहुँला जस्तो पनि लाग्ने । अब यो खेल खेलाउने कि न खेलाउने भनेर पनि दोधार हुन्थ्यो । तर हजुर आमाबुवाको शक्ति देखेर आँट आउँथ्यो ।’’

उनले पुख्र्यौलीको अहिलेको खानपिन र रहनसहनमा धेरै अन्तर भएकोले पहिलेको खानपिन रहन सहनको शक्ति अर्थात उर्जा देखाउने उद्देश्यले सो कार्यक्रम राखिएको उनले बताए । पुख्र्यौलीको खानपिनले रहनसहन तथा जेष्ठ नागरिकको तागतले नयाँ पिढिलाई जनचेतना दिने खास उद्देश्यले सषे कार्यक्रम राखिएको उनको भनाइ छ । उनले भने, “पहिले अर्गानिक खाना, रहनसहन, परिवार तथा गाउँको मेलमिलाप छुट्टै थियो तर पहिलेको जस्तो अहिलेको युवा पिढिमा छैन् । यो खेलमार्फत नयाँ पिढिलाई जनचेतना दिनका लागि जेष्ठ नागरिक दौड प्रतिया्गिता राखेका हौँ ।’’

जेष्ठ नागरिको सहभागिता देखेर भट्ट पनि खुसी 
वडा अध्यक्ष रामचन्द्रको अनुहारमा खुसीको चमक स्पष्ट देखिरहेको थियो । उनको अनुहार हेर्दा जेष्ठ नागरिकको सहभागिताले उनले राखेको शिर्षकप्रति भएको विवाद तथा आलोचना एवम् विभिन्न माध्यमबाट आएका गालिगलौज लगायतका नराम्रा प्रतिक्रियालाई भुलाई दिएको थाहा हुन्थ्यो । 

उनले भने, “पहिले त जवाफ दिँदै हिँड्नु पथ्र्यो । कतिपयले कहिले हुन्छ प्रतियोगिता भनेर पनि मजाक गर्थे सो समयमा नरमाइलो महसुस हुन्थ्यो । तर अहिले जेष्ठ आमाबुवाको यो सहभागिताले सबै प्रतिक्रियाको विना शब्दै जवाफ आएको छ । अब मैले केही भन्ने पर्दैन् । म खुसीले गदगद भएको छुँ । ति अनेक आलोचना, गाली गलौज र नकारात्मक प्रतिक्रियाले सहजै जवाफ पाएको छ ।’’

उनले यसलाई नगरस्तरमै बृहत गरौँ भन्दा कसैले नटेरेको बताए । जेष्ठ नागरिक पनि एकदमै खुसी तथा सकारात्मक भएको हुँदा आउँदो दिनमा पनि जेष्ठ नागरिरकाको मनोबल उच्च बनाउन तथा पुरानो पिढिँबाट नयाँपिढिलाई जनचेतना दिन यस्ता किसिमका कार्यक्रमहरु गरिने बताए । जेष्ठ नागरिक दौड प्रतियोगिता नमुनाको रुपमा रहेको उनको भनाइ छ । जेष्ठ नागरिकको मनोबल उच्च बनाउन सरकारले जेष्ठ नागरिकले गर्न सक्ने विभिन्न कार्यक्रम गर्न जरुरी रहेको समेत उनले बताए । 
जेष्ठ नागरि दौड प्रतियोगितामा ७ महिला ६ पुरुष गरि १३ जना जेष्ठ नागरिरको सहभागिता रहेको थियो । 

वडास्तरिय खेलकुद विकास समितिको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार वडा नम्बर ७ को भरतपुर माविमा शनिबार सो खेलकुद कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष रामचन्द्र भट्टले बताए । सो प्रतियोगितामा महिला तर्फ प्रथम हुनेमा पशुपति अवस्थि, दित्तिय सुर्मादेवि कार्की र त्रित्तिय धना चन्द ठगुरानि रहेका छन् । यस्तै पुरुष तर्फ प्रथम हुनेमा इन्द्र सिहं कार्की, द्धित्तिय शेरी चन्द र त्रित्तिय कृष्ण सिंह भाट रहेका छ । 

दौड प्रतियोगितामा करकट्टी हुने गरि प्रथम पुरुष्कार ८ हजार, द्धित्तिय ५ हजार र त्तित्तिय ३ हजारसहित मेडल र प्रमाणपत्र दिइएको थियो । यस्तै अन्य सहभागि जेष्ठ नागरिकहरुलाई पनि करकट्टी हुने गरि नगद ७ सय तथा मेडल र प्रमाणपत्र दिइएको भट्टले बताए । 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस