सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवती हत्या प्रकरणः ससुरा अझै फरार

२०८० जेठ २४, ०१:५० खबर संवाददाता

धनगढीः कैलालीमा युवती हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ। जिल्लाको गौरिगङ्गा नगरपालिका–१ स्थित केदारेश्वर सामुदायिक वनमा २८ वर्षीया युवती कबिता बुढा हत्या प्रकरण रहस्यमय बन्दै गएको हो।

विवाहित कविता मंगलबार मृत फेला परेकी थिइन। कविताको शव वनभित्र खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको थियो। बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको हत्या गरेर शव गाडिएको आंशका प्रहरीके छ। मृतक बुढाका श्रीमान कामको शिलशिलामा सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी छन्।

केही दिनअघि मात्रै उनको ससुरासँंग झगडा भएको खुलेको छ। ससुराले नै उनको हत्या गरेको आशंका छ। मृतक कविताका ससुरा अहिले फरार छन्। प्रहरीले उनकी सासुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। मृतक कविता सासू ससुरा र देउरानीसँग बस्दै आएकी थिइन्।

कमेन्ट लोड गर्नुस