खानीडाँडाबाट चार लाख बढीका भन्सार छलीका कुखुरा बरामद

२०८० जेठ २१, ०९:१७
धनगढीः कैलालीमा अवैध कुखुरा बरामद गरिएको छ।
जिल्लाको गोदावरी नगरपालिका –४ बाट भारतबाट भन्सार छलीगरि ल्याइएका १३ सय किलोग्राम चार लाख ३८ हजार मुल्य बराबरका कुखुरा बरामद गरेको अस्थाई प्रहरी पोष्ट खानीडाँडाका प्रहरी सहायक निरीक्षक प्रेमकुमार शाहले बताए।
बरामद गरेका कुखुरा, गाडी र चालकलाई कारबाहीका लागि भन्सार कार्यलय कैलाली पठाइएको कैलाली प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस