सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका पूर्व सांसद डाक्टर भट्ट वृक्षारोपण गर्ने योजना बनाउँदै

२०८० जेठ २१, ०७:१४ खबर संवाददाता

पूर्व सांसद डाक्टर दिपकप्रकाश भट्टले दोधारा चाँदनी र भीमदत्त नगरपालिका क्षेत्रमा वृक्षा रोपण गर्ने भएका छन्। पूर्व सांसद भट्टले विश्व वातावरण दिवस (५ जुन अर्थात जेठ २२ गते) को अवसर पारेर दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा वृक्षरोपण गर्न छलफल चलाएका हुन्।

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र भीमदत्तको खल्ला मुसेट्टीमा महाकाली करिडोर निर्माणको क्रममा धेरै रुखहरु कटान हुने भएका छन्। धेरै संख्यामा रुख काट्नुपर्ने अवस्था आउने भएकाले वातावरण संरक्षण गर्न बिरुवा रोप्ने योजना पूर्व सांसद भट्टले अगाडि सारेका हुन्। यो विषयमा दुबै नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल गरिने उनले बताएका छन्।

आइतवार दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधिहरुसँग भएको छलफलमा अभियानको स्वागत गरिएको छ। जनप्रतिनिधिहरुले बिरुवा रोप्ने अभियानमा सहभागी हुने बताएका छन्। उनीहरूले अभियानलाई साथ दिन विश्व वातावरण दिवसका दिन सबै वडाका खाली ठाउँमा वृक्षारोपण गर्ने बताएका छन्।

 
 

कमेन्ट लोड गर्नुस