सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान दिवसमा धनगढीमा दीप प्रज्वलन

२०८३ असोज ३, ०८:३६ खबर संवाददाता

धनगढी: संविधान दिवसको अवसरमा धनगढीको एलएन चोकमा दीप प्रज्वलन गरिएको छ। संविधानको रक्षा, लोकतन्त्रको सुदृढता र समृद्ध नेपालको निर्माणको संकल्पसहित अनेरास्ववियु ऐश्वर्य बहुमुखी क्याम्पस कमिटीले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा युवा तथा विद्यार्थी, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै संविधानले सुनिश्चित गरेका लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र राष्ट्रिय एकताको संरक्षणमा सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।

कार्यक्रममा संविधानको मर्म र भावनाअनुसार लोकतान्त्रिक व्यवस्था थप सुदृढ गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो।

दीप प्रज्वलनमार्फत संविधान दिवसलाई औपचारिक रूपमा मात्रै नभई संविधानको रक्षा, लोकतान्त्रिक मूल्यको संरक्षण र समृद्ध नेपालको निर्माणप्रतिको प्रतिबद्धताका रूपमा मनाइएको क्याम्पस कमिटीले जनाएको छ।

कमेन्ट लोड गर्नुस