सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित धनगढीका युवा पक्राउ

२०८० जेठ २०, १२:११ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित धनगढीका युवा पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० दिपघाट स्थित धनगढी उपमहानगरपालिका–११ बेलाका २५ वर्षीय पदमबहादुर बोहरा, ३२ वर्षीय कृष्णा राना र वडा नम्बर–६ बिजुलियाका ४५ वर्षीय भानु चौधरी रहेका छन्। से ४ प ३९७६ नम्बरको मोटरसाईकमा बसेका उनीहरुलाइ चेकजाँच गर्दा लागुऔषध (खैरो हेरोईन) १० ग्राम ८ सय चालिस मिलिग्राम फेलापारी मोटरसाइकलसहित तिनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलडाडी र प्रहरी चौकी भुडाबाट खटिईएको संयुक्त प्रहरी टोलीले श्क्रवार पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलडाडीले थप अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस