सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्तमा जुवा खालबाटै पक्राउ परे वडा अध्यक्ष

२०८० जेठ १५, ०९:२१ खबर संवाददाता

धनगढीः  कञ्चनपुरको महेन्द्रनगरस्थित बसपार्क क्षेत्रबाट सोमबार १० जना जुवाडे पक्राउ परेका छन्।

वडाबाट खटिएको प्रहरी र जिल्लाको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो। भीमदत्त नगरपालिका–४ बसपार्क स्थित लालबहादुर चौधरीले सञ्चालन गरेको होटलबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका –११ का वडा अध्यक्षसमेत रहेका प्रकाश थापा, भीमदत्त नगरपालिका–३ का धिरज चन्द, ४ का सन्जु रानामगर, १८ का नारायन चन्द, १ का राकेश साउँद, देवराज नाथ, शेरसिंह विष्ट, धर्मराज भट्ट र हर्क बोहरा रहेका छन्।

उनीहरुको साथबाट नगद १ लाख ५६ हजार दुई सय ९५ रुपैँया सहित ६ थान तास बरामद गरिएको  कञ्चनपुर प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डांगीले बताए।

कमेन्ट लोड गर्नुस