सुदूर नेपाललाई विश्वसँग जोड्दै

दर्शकको माग बढ्दैगएपछि हलमा फर्कियो ’हल्कारा’

२०८० जेठ १५, ०४:४८ खबर संवाददाता

काठमाडौँः  गत वैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र ’हल्कारा’को उत्कृष्ट प्रतिक्रियाका बाबजुद दर्शकको उपस्थिति न्यून भयो।

दोश्रो हप्ता पुग्दा प्रायः हलहरुबाट निस्केको यो चलचित्र सुन्धारास्थित सिटिसि मलमा रहेको ’सिडिसि सिनेमा’मा भने साँझ ५ः३० बजेको शो चलिनै रह्यो। पूरै दोश्रो हप्ता एक मात्र हलमा चलेको ’हल्कारा’ तेश्रो हप्ताको शनिबार सिडिसि सिनेमा कै अर्को हलमा समेत थपियो।

यो क्रम अब अर्को चलचित्र हल विश्वज्योति हलसम्म पुगेको छ। गणतन्त्र दिवसको दिन रिलिजको तेश्रो हप्ताको सोमबारदेखि विश्वज्योति हलमा साँझ ६ बजेको शो थपिएको छ। विश्वज्योती हलका म्यानेजर रविन पौडेलले लगातार सोधिन थालेपछि शो राखेको बताए।

 सिडिसी सिनेमाका सञ्चालक जीवन शाक्यले आफ्नो हलमा लगातार सफल रुपमा ’हल्कारा’ चलिरहेको बताए। उनले कहिलेकाहिी दुई शो समेत चलिरहेको बताए। चलचित्रका निर्देशक विक्रम सापकोटाले ढिलै भए पनि दर्शकको रोजाइमा परेकोमा खुशी व्यक्त गरे। उनले भने, ‘मैले सोचेको थिएँ। प्रतिक्रियाका आधारमा पहिलो हप्ता नै दर्शकहरुको चाप बढ्नेछ, दुर्भाग्यवश त्यसो हुन सकेन  तेश्रो हप्तामा आइपुग्दा भने नसोचेको भइरहेको छ।’

अभिनेता महेश त्रिपाठीले ढिलै भएपनि दर्शकको चासो बढेकोमा दंग रहेको प्रतिक्रिया दिए। प्रदर्शनपूर्व नै अन्तर्राष्ट्रिय स्तरमा चर्चा र केही प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा अवार्ड हात परेको यो चलचित्रले समीक्षकहरुको उत्कृष्ट प्रतिक्रिया पाएको छ। यस चलचित्र हल्कारामा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ भने विनिता थापामगर,  प्रकाश दाहाल , स्व. दीपक क्षेत्री , शारदा गिरी ,पशुपति राई लगाएतको अभिनय  रहेको छ।
 

कमेन्ट लोड गर्नुस