सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरेको ‘दडी’ झर्ना, राज्यको बेवास्ताले ओझेलमा

२०८० जेठ १३, १२:०२ खबर संवाददाता

धनगढीः  कैलाली चुरे गाउँपालिका–२ मा रहेको दडी झरना ओझेलमा परेको छ।

पर्यटकीय दृष्टिकोणबाट अति सुन्दर मानिएको सो झरना ओझेलमा परेको हो। दडी झरनासम्म पुग्न सहज छैन्। झरनासम्म पुग्न पूर्वाधारको निर्माणको काम कहिकतैबाट हुन सकेको छैन्। साथै सो झरनाको प्रचारप्रसार समेत नहुँदा ओझेलमा छ। चुरेकै अग्लो भनेर दाबी गरिएको दडी झरनाको विकासमा कसैले चासो नदिएको स्थानीयको गुनासो छ।

भौगोलिक रुपमा निकै दुर्गममा रहेको झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने आधार हुँदाहुँदै पनि कहिकतैबाट पहल हुन सकेको छैन्। दडी झर्ना करिब एक ५० मिटरको उचाइबाट झरिरहेको छ। राज्यले यसको पहिचान गरि झरनासम्म पुग्न मोटर बाटो मात्र निर्माण हुने हो भने आन्तरिक तथा बाह्य पर्यटक बढाउन सकिने स्थानीयको विश्वास छ।

कमेन्ट लोड गर्नुस