सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनमत पार्टीले गर्‍यो दुईजना सांसदलाई कार्बाही

२०८० जेठ १२, ०९:२४ अनिता चौधरी

काठमाडौँः  जनमत पार्टीले २ जना सांसदलाई पदबाट निष्काशन गर्न सिफारिस गरेको छ।

पार्टीका दुईजना समानुपातिक सांसदले अनुशासन उल्लंघन गरेको विषय उठेपछि कारबाही लागि सिफारिस गरिएको एक केन्द्रीय सदस्यले बताए। समानुपातिक सांसद सोनु मुर्मर र बिनिता सिंहलाई कारबाहीका लागि सिफारिस गरिएको हो।

‘उहाँहरुमाथि पार्टीको निर्देशन नमानेको, संसदभित्र पर्फर्मेन्स राम्रो नभएको र स्थानीय कार्यकर्ता रुष्ट भएको कारण पार्टीबाट हटाउन संसदीय दलमा सिफारिस भएको छ,’ ती केन्द्रीय सदस्यले भने, ‘अब बस्ने दलको बैठकले उहाँहरुलाई हटाएको चिठी संसद सचिवालयमा पठाउँछ।’

उनीहरू दुवै जना समानुपातिक सांसद हुन्। मुर्मर मोरङ र सिंह सिरहाका हुन्। 
 

अनिता चौधरी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस