धनगढीको शुभ श्री प्यालेसले टिकटक प्रतियोगिता गर्ने

धनगढीः धनगढीको शुभ श्री पार्टी प्यालेसले खुला टिकटक प्रतियोगिता गर्ने भएको छ। बिहिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी प्यालेसले शुक्रवारदेखि जेठ २७ गतेसम्म टिकटक प्रतियोगिता गर्ने बताएको छ।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्धितियले १० हजार र तृतियले सात हजारसहित विभिन्न आकर्षक उपहार पाउनेछन्।
टिकटक प्रतियोगितामा सहभागि हुने प्रतियोगिहरुलाई सर्तहरु राखिएको छ। हरेक टिकटकरले शुभ श्रीको प्रचार–प्रसार झल्कने गरि कन्टेन्ट बनाउनुपर्ने छ। आफैले बोलेको कन्टेन्ट, शुभ श्रीको आधिकारिक टिकटकमा ह्यासट्याग गरेर भिडियो हाल्नुपर्ने, शुभ श्रीको स्विमिङ पुलको पानीमा बनाएको भिडियो हुनुपर्ने सर्तहरु छन्।
उत्कृष्ट पाँच जनालाई स्विमिङको प्याकेज, उत्कृष्ट तीनलाई निसर्ग अस्पतालमा पूर्ण शाररिक चेकजाँच, उत्कृष्ट पाँचलाई एसटीएसबाट दुई वटा टिकट र बालाजी इलेक्ट्रोनिक्सबाट गिफ्ट ह्याम्पर रहेको आयोजकले बताएको छ।
सो प्रतियोगिताको मुख्य प्रवद्र्धक निसर्ग अस्पताल रहेको छ भने सह–प्रवद्र्धकमा बालाजी इलेक्ट्रोनिक्स र एसटिएस सिनेमा रहेको छ।


