सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुुऔषधसहित एक युुवक पक्राउ 

२०८० जेठ १२, ०८:४३ खबर संवाददाता

धनगढी: कैलालीमा लागुुऔषधसहित एक युुवक पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर–९ खर्गौलाबाट २१ वर्षीय दिपेश चन्द्रलाई लागुुऔषध खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जानकी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका दिपेशको साथबाट ५ ग्राम लागुऔषध खैरोहिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए। उनकाअनुसार दिपेशलाई प्रहरी चौकी कालाकुण्डाबाट प्रहरी नायब निरीक्षक डेनी बहादुर स्वाँरको कामाण्‍डमा खटिएको टोलीले चेकजाँच गर्दा लागुुऔषधसहित पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस