सुदूर नेपाललाई विश्वसँग जोड्दै

’सक्किगोनि’ को तेस्रो सिजन आजदेखि प्रसारण हुने

२०८० जेठ ११, ०७:३६ खबर संवाददाता

काठमाडौंः   हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ तेस्रो सिजनको प्रसारण आज बिहीदेखि  हुने भएको छ।

इएच डिजिटलमा सार्वजनिक भएको टिजरमार्फत  प्रसारण गर्ने मिति तय भएअनुरुप आज साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रशारण भएलगत्तै बेलुका ९ बजे इएच डिजिटल युट्युबमा प्रशारण हुने बताइएको छ। काभ्रेको पाँचखालमा छायांकन भइरहेको सक्किगोनिमा पुरानै कलाकारको बाहुल्यता रहेको छ भने केही नयाँ अनुहार पनि देखिनेछन्।

सिजन ३ को रुपमा सक्किगोनि झण्डे ४ महिनापछि नयाँ स्वरुपमा आउन लागेको हो। दर्शकको चाहना र स्वादलाई दृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको  निर्माण टिमले बताएको छ। कुमार कट्टेल र अर्जुन घिमिरेले निर्देशन गरेको यो सिरियलको तेस्रो सिजन पनि १०० भागकै हाराहारीमा निर्माण हुने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस