घोडाघोडीको देउकलियामा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु
धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियामा श्रीमद्भागवत ज्ञान महायज्ञ धार्मिक महोत्सव २०८० सुरु भएको छ।
घोडाघोडीमा रहेको मोहन्यालेश्वर नन्दिश्वर शिव मन्दिर प्राङ्गणमा आर्यघाट तथा इस्नानघाट निमार्ण गर्ने उद्देश्यका साथ सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो। महायज्ञको एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश प्रमुख देव राज जोशी उद्घाटन गरेका हुन्। कार्यक्रममा नगर प्रमुख खडक बहादुर रावत, उप प्रमुख गुलिया कुमारी चौधरी, वडा अध्यक्ष,राजनीतिक दलका प्रतिनिधि,समाजसेवी लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।
महायज्ञ १६ गतेसम्म संचालन गरिने मद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव मूल आयोजक समितिले जनाएको छ। महायज्ञ १६ गतेसम्म संचालन गरिने जनाएको छ। महायज्ञमा मदन राज उपाध्यायले प्रवचन गर्ने बताईएको छ।