सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दिँउसै हात्ती

२०८० जेठ ९, ०७:३७ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा दिँउसै हात्ती पसेको छ। जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर–१० स्थित विकास बस्तीमा आज (मंगलवार) मध्यान्नको समयमा हात्ती पसेको हो। बस्तीमा पसेको उक्त हात्तीले दुईओटा पशु चौपाया घाइते बनाएको सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवले बताए।

मानिसहरु खेतमा काम गरीरहेका बेला एक्कासी हात्ती प्रवेश गरेको जनाइएको छ। हात्ती भारतको दुधुवा नेशनल पार्कतिर लागेको यादवले बताए। सव डिभिजन वन कार्यालयका कर्मचारी सहित स्थानीयको सक्रियताका कारण ठुलो मानविय क्षति नभएको यादवले बताए।
 

कमेन्ट लोड गर्नुस