गोरूले हानेर डोटीमा एक महिलाको मृत्यु
२०८० जेठ १, ०४:४५
धनगढीः गोरूले हानेर डोटीमा एक महिलाको मृत्यु भएको छ।
जिल्लाको जोरायल गाउँपालिका – ३ रावतकट्टेकी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको गोरुले हान्दा मृत्यु भएको हो।
पारिवारिक स्रोतका अनुसार गोरुले हान्दा घाइते भएकी लक्ष्मीको उपचारका क्रममा सोमवार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।
कमेन्ट लोड गर्नुस