सुदूर नेपाललाई विश्वसँग जोड्दै

उच्च अदालत दिपायलमा भर्चुअल विधिबाट बहस प्रभावकारी

२०८० वैशाख १५, ०७:५७ खबर संवाददाता

धनगढीः उच्च अदालत दिपायलले सञ्चालन गरेको श्रव्यदृष्य (भर्चुअल) विधिमार्फतको बहस प्रभावकारी बन्दै गएको छ।

उच्च अदालतका इजलास अधिकृत बसन्त उपाध्यायले दिएको जानकारी अनुसार २०७८ साल चैत्र ८ गते सुरु भएको भर्चुअल विधिबाट गत चैत्रसम्म तीन सय मुद्दामा बहस भएको छ। उनले २३ वटा मुद्दामा बकपत्र समेत भर्चुअल विधिबाटै गराइएको बताए। भर्चुअल बहसका लागि ३५० जनाले निवेदन दिएका थिए।

भर्चुअल विधिबाट बहस गर्दा मुद्दाका पक्षहरुलाई समय र स्रोतका हिसाबले कम खर्चिलो हुने गरेको उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले बताए। उनेल ‘बाहिर जिल्लाबाट बहसका लागि आउनु प¥यो, आउन जान समय पनि खर्च हुन्छ, खान बस्न पनि खर्च लाग्छ’ मुख्य न्यायाधीश निरौलाले भने, ‘त्यसैले भर्चुअल विधि प्रभावकारी बन्दै गएको छ।’

निरौलाले सुरुमा कैलालीबाट मात्रै भर्चुअल बहस गर्न सकिने गरि प्रविधिको जडान भएको भए पनि हाल उच्च अदालतको क्षेत्राधिकारभित्र पर्ने अछाम, बाजुरा र बझाङमा पनि भर्चुअल विधि जडान गरिएको वताए।

कमेन्ट लोड गर्नुस