सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिपबाट खसेर गम्भीर घाइते भएका डोटीका युवको हेलिकोप्टरमार्फत उद्धार

२०८० वैशाख १३, १०:५१ खबर संवाददाता

धनगढीः डोटीमा एक जना बालक गाडीबाट खसेर घाईते भएका छन्।

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं–९का राम बहादुर विकका १२ वर्षीय छोरा मोहनको बुधवर गाडीबाट खसेर टाउकोमा गम्भीर चोट लागेको थियो। घम्भीर चोट लागेका विकका छोरा मोहनको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

गुडिरहेको जिपबाट खसेर गम्भीर घाइते भएका मोहनको जिल्लामा उपचार सम्भव नभए पछि बुधवर थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज स्थित कोहलपुर मेडिकल कलेज लागिएको हो। नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री  नारायण काजी श्रेष्ठ र डोटीका जनार्दन जोशीको पहलमा घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरिएको विकले बताए।

घाइते मोहनलाई नेपाली सेनाको एनए ०५५ कलसाइन हेलिकोप्टर मार्फत उद्धार गरिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए। 

कमेन्ट लोड गर्नुस