सुदूरपश्चिममा कोभिड संक्रमित बढे
धनगढीः सुदूरपश्चिम प्रदेशभित्र पछिल्लो समय कोराना संक्रमितका बिरामी बढ्दै गएको पाइएको छ।
प्रदेशभित्र पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २०६ नमूनाको कोरोना परिक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट १८६ नमूनाको कारोना परिक्षण गर्दा १४ जना र पीसीआर बिधिबाट २० नमूनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशका विभिन्न जिल्लामा गरी कोरोनाका सक्रिय संक्रमितको संख्या १४९ पुगेको छ।