सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि राष्ट्रिय खोप कार्यक्रम सुरु

२०८० वैशाख ११, १०:०६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय राजपुर डोटीले आजदेखि राष्ट्रिय खोप कार्यक्रम सुरु गरेको छ। 

निर्देशनालयले आइतवार धनगढीमा राष्ट्रिय खोप कार्यक्रम नियमित तथा कोभिड खोप सम्बन्धी सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दै वैशाख ११ गतेदेखि १७ गतेसम्म सोमवारदेखि राष्ट्रिय खोप कार्यक्रम सुरु गरेको जनाएको हो। खोपबाट बचाउन सकिने रोग नियन्त्रण, अपाङता र मृत्युदर कम गर्नका लागि राष्ट्रिय खोप कार्यक्रम सुरु गरेको निर्देशनालयका निर्देशक डाक्टर जगदीश जोशीले बताए।

१६ प्रतिशत बालबालिका पूर्ण खोपबाट र ४ प्रतिशत खोपबाट बन्चित भएको उनले बताए। प्रत्येक वर्ष वडा, स्थानीय तह र जिल्ला सभाबाट पूर्णखोप सुनिश्चितता भएको प्रमाणिकरण, सार्वजनिक र प्रतिवेदन प्रस्तुत गर्ने, खोपबाट बचाउन सकिने रोगको निगरानी र रोकथाम सर्भिलेन्स गरिने निर्देशक डा. जोशीले बताए।

वैशाख महिनालाई खोप महिना मनाउने पूर्ण खोपको जानकारी र  खोप छुट बच्चाको पहिचान गरिने उनले बताए। खोप सप्ताह वैशाख ११ देखि १७ सम्म मनाउन र खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ गते स्वास्थ्य संस्थामा खोप लगाइने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस