सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्थ असिस्टेन्ट संघ डोटीशाखाद्घारा ४ बुदे मागसहित प्रजिअलाई ज्ञापनपत्र

२०८० वैशाख १०, ०८:५१ खबर संवाददाता

धनगढीः हेल्थ असिस्टेन्ट संघ नेपालले विभिन्न मागसहित डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

तत्काल माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। ज्ञापनपत्रमा भनिएको छ–‘हेल्थ असिस्टेन्ट संघ नेपालले आफ्नो  स्थापनाकाल  देखि नै स्वास्थ्य तथा जनसंख्या मंत्रालयवाट बन्ने हरेक नीति निर्माण, कार्यबिधिहरुमा आफ्नो राय,निर्माण, सल्लाह, सुझावहरू सक्रिय रुपमा प्रस्तुत गर्दै आइरहेक कुरा अबगत गराउदछौ।

देश संघीयतामा गईसके पछी मन्त्रालयबाट हुने हरेक गतिविधिहरूमा यस संघले सदैव आवाज उठाउदै  आइरहेको छ। यसै सन्दर्भमा हाल स्थानिय निकायहरु पालिका र नगरपालिकाले निश्चित व्यक्तिहरूको स्वार्थ तथा दबाबमा पेसागत मर्यादा र पदिय जिम्मेवारी नै धरापमा पर्ने गरि आफ्नो  मनोमानीढंगले  दरबन्दी संरचना तथा सेवा सुबिधा फरक फरक भएको संरचना प्रती यश संघको गम्भीर ध्यानाकर्षण भएको छ।

यसरी आ–आफ्नो मनोमानीढंगले स्थापित गरिएको दरबन्दी तथा सेवा सुबिधाको संरचनाले जनताले पाउने गुणस्तरीय स्वास्थय सेवा प्रभावित हुनुको साथै शैक्षिक योग्यता, स्वास्थ्य सेवा ऐन, नियमावली तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन, प्रक्रिया नै अबमुल्यान हुने यश संघको ठहर छ। करार कर्माचारिको संरचना दरबन्दी र सेवा सुबिधा नियमाअनुसार नहुनु भनेको दीर्घकालीन समयसम्म स्वास्थ्य सेवा लाई धरासयी बनाई नागरिकको गुणस्तरीय स्वास्थय सेवा पाउने संविधान प्रदत मौलिकहकबाट बन्चित गरिएको हुनेछ।तसर्थ स्वास्थ्य सेवाको महत्त्वपूर्ण संबेदनसिल जग हे.अ. पाचौं तहका कर्मचारी नियुक्त गर्दा तथा सेवा सुबिधा दिदा निम्न अनुसार ब्यबस्था गर्ने माग गर्दछौं। साथै हाम्रो मागको सुनुवाइ नभएमा यश संघ कडा आन्दोलन गर्न बाध्य हुनेछ। ’
मागहरु
१) करार नियमावली २०७७ अनुसार कर्मचारी नियुक्त गर्ने र पालिका र नगरपालिकामा कार्यरत करार  कर्मचारीलाई रिक्त दरबन्दी सिटमा पदस्थापना गर्नुपर्ने, 
२)सम्पुर्ण गाउँपालिका र नगरपालिकामा हे.अ.पाचौं तहको सेवा सुबिधा  एकनासको हुनुपर्ने।
३) जिल्लास्थरमा संचालन प्राइभेट अस्पतालमा कार्यरत हे.अ. कर्मचारीको तलब नेपाल सरकारको न्युनतम पारिश्रमिक सेवा सुबिधा हुनुपर्ने।
४) जिल्ला अस्पतालमा बैकल्पिक करार कर्मचारी नराखी मापदण्ड बिना नयाँ कर्मचारी न्युक्त भएका माथी छानबिन र बैकल्पिक उम्मेदवार लाई सिफारिश गरिनुपर्ने।
लगाएतका माग ज्ञापनपत्रमा हेल्थ असिस्टेन्ट संघ नेपालले  अगाडि सारेको छ।

No description available.

कमेन्ट लोड गर्नुस