सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री शाहद्धारा झुलाघाट नाकाको अनुगमन

२०८० वैशाख ८, ०९:५१ खबर संवाददाता

धनगढीः सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बैतडी स्थित नेपाल भारत सिमा नाका झुलाघाटको अनुगमन गरेका छन्।

प्रदेशका विभिन्न योजना हरुको अनुगमन गर्ने क्रममा शाह झुला घाट पुगेका हुन। सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण, सीमा क्षेत्रबाट हुने तस्करी, मानव बेचबिखनलगायतका घटनामा रोक लगाउनमा भुमिका खेल्न प्रहरी लाई निर्देशन दिए। झुलाघाट नाकामा अहिले पनि जिर्ण झोलुङ्गे पुल बाट आवतजावत गर्नु पर्ने बाध्याता लाई मध्यनजर गर्दै  झुलाघाटमा मोटरे पुल निर्माण गर्न जरुरी रहेकाले यसमा प्रदेश सरकारले पुल निर्माणमा  भुमिका खेल्ने बताए।

भन्सारको सदुपयोग गरि सुदुरपश्चिमका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा भारतिय पर्यटक ल्याउन सकेमा यश क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरे। बैतडीको भारतसँग ६१ किलो मिटर सीमा जोडिएको छ। सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सशस्त्र प्रहरीले जिल्ला तीन ठाउँमा बिओपी स्थापना गरिसकेको छ।

जिल्लाको झुला घाट नाका, पञ्चेश्वर रोलघाट र शिवनाथको कुस्मौत घाटमा सशस्त्र प्रहरीले बिओपी स्थापना गरेर सेवा दिइरहेको छ।
 

कमेन्ट लोड गर्नुस