सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

२०८० वैशाख ८, १०:३९ खबर संवाददाता

बैतडी: बैतडीको मेलौलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। बैतडी समाज कैलालीको आयोजना तथा मेलौली नगरपालिकाको समन्वयमा निःशुल्क  स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो। शिविरमा बिशेषज्ञ चिकित्सकहरुले सेवा दिने आयोजकले जनाएको छ।

शिविरमा नाक, कान, घाँटी, आँखा र अन्य रोगहरुको समेत बिशेषज्ञ चिकित्सकहरुद्वारा उपचार गरिने मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नरायण चन्दले बताए। आँखा शिविर केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा र अन्य रोगका लागि मणिलेक मावि काँडाको भवनमा सञ्चालन हुने चन्दले बताए।

दुर्गम क्षेत्रका नागरिकलाई एकीकृत रुपमा बिशेषज्ञ सेवा दिने उद्देश्यसहित बैतडी समाज कैलालीले हरेक वर्ष स्वास्थ्य शिविरको आयोजना गर्दै आएको समाजका अध्यक्ष मायाप्रकाश भट्टले बताए। तीनदिन सम्म सञ्चालन हुने शिविरको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्दघाटन गर्ने कार्यक्रम रहेको छ। 
 

कमेन्ट लोड गर्नुस