धनगढीको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट २६७ जनाले लिए सेवा
धनगढीः धनगढीको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवाबाट २६७ जनाले सेवा लिएका छन्।
धनगढी उपमहानगरपालिकाद्वारा संचालित विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवाबाट बिहीवार ७ गते वडा नम्बर–१९ को फुलवारी स्वास्थ्य चौकीमा स्वास्थ्य क्लिनिक संचालन भएको थियो। बिहीवार विशेषज्ञ स्वास्थ्य क्लिनिकमा फिजिसियन, स्त्री तथा प्रसुती रोग र आँखा सम्बन्धी बिरामीहरूले सेवा लिएका थिए। बिहीवार नयाँ तथा पुरानो २६७ जना सेवाग्राहीले सेवा लिएका थिए।