कञ्चनपुरमा स्वास्थ्य सम्बन्धी अर्धवार्षिक समीक्षा
धनगढीः कञ्चनपुरमा पालिका स्तरीय स्वास्थ्य सम्बन्धी अर्धवार्षिक समीक्षा कार्यक्रम भएको छ।
जिल्लाको वेदकोट नगरपालिकामा पालिका स्तरीय दुई दिने स्वास्थ्य सम्बन्धी अर्धवार्षिक समीक्षा कार्यक्रम समपन्न भएको हो। पालिकाले आयोजना गरेको उक्त दुई दिने कार्यक्रममा विगतका तीन वर्ष २०७७–७८–७९ को स्वास्थ्य सम्बन्धित सम्पूर्ण कार्यहरूको समीक्षा तथा विवरणात्मक प्रस्तुति सहित छलफल भएको वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिसा पालले बताइन्।
उनले भनिन् ‘दुई दिने यस कार्यक्रममा विगतका तीन वर्षमा स्वास्थ्य सम्बन्धि भएका सम्पूर्ण कार्यहरू, पालिकाका १० ओटै स्वास्थ्य केन्द्रहरूबाट प्रदान गरिएका स्वास्थ्य सेवाहरूको समीक्षा तथा विवरणात्मक प्रस्तुतिमाथि छलफल गरेका छौँ। उक्त कार्यक्रममा वेदकोट नगरपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, सबै वडाकै स्वास्थ्य शाखा प्रमुख तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमबाट विगतका वर्षका कमी–कमजोरीहरू सुधार गरेर गुणस्तरीय सेवा प्रदान गर्ने तर्फ आफूहरू लाग्ने वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख पालले बताए।