बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय प्राविधिकद्धारा निरीक्षण
बैतडी: बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय प्राविधिकद्धारा निरीक्षण गरिएको छ। भारतसंग सीमा जोडिएको झुलाघाटस्थित महाकाली नदी माथि मोटरेबल पुल निर्माणका लागि उक्त क्षेत्रको स्थलगत निरीक्षण समेत गरिएको हो। इन्जिनियर ओम प्रकाश नेतृत्वको प्राबिधिक टोलीले नेपाल र भारत दुबै तर्फको स्थलगत निरीक्षण गरेको हो।
झोलुंगे पुल रहेको क्षेत्रमा १ सय ५ मिटर लम्बाइको मोटरेवल पुल बनाउने योजना रहेकोमा पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढ्न सकेको थिएन्। अब बन्ने पुलको लम्बाई ५ सय मिटरको हुने बताइएको छ। मोटरेबल पुल निर्माणका लागि करिब ४ सय करोड लागत अनुमान गरिएको छ।
त्यसअघिको सर्भे कार्य, डीपीआर र मुआब्जाका लागि बेग्लै २० करोड रुपैयाँ लाग्ने अनुमान छ। झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि स्थलगत निरीक्षण भएपछि दुवै देशका नागरिक पुल बन्नेमा आसावादी देखिएका छन्।