सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चट्याङ लागेर दुई जना घाइते

२०७५ चैत्र २४, ०८:२८ खबर संवाददाता

बैतडीमा चट्याङ लागेर दुईजना घाईते भएका छन्। घाइते हुनेमा दशरथचन्द नगरपालिका वडा नम्बर २  देहीमाण्डौंका  १९ वर्षीया तुलसी रावत र २० वर्षीया ममता रावत  रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले शनिबार साँझ परेको चट्याङले उनीहरु घाईते भएको बताए। दुवै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको पातलीले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस